• २०८१ बैशाख २२ शनिबार

अमेरिकन आइडलमा दिवेशको प्रस्तुति : जजले भने बब मार्लीको झल्को आयो

kharibot

काठमाडौँ । नेपली युवा गायक दिवेश पोखरेल (अर्थर गन) ले अमेरिकन आइडलको हलिवुड वीकमा आफ्नो प्रस्तुति दिएका छन् ।

सोमबार प्रशारण भएको दिवेशको प्रस्तुतिमा अमेरिकन आइडलका जजहरुले उनको प्रस्तुतिलाई निकै मन पराएका थिए ।

दिवेशले हलिवुड राउण्डमा १९६८ मा अमेरिकन गायक ओटीस रेडीङको सुपर हिट गीत 'हार्ड टू ह्यान्डिल' गाएका थिए । उनको प्रस्तुतिपछि जजहरुले पुरा गीत गाउन अनुरोध गरेका थिए ।

दिवेशले प्रस्तुति दिदा जजले उठेर उनको सम्मान गरेका थिए ।    

जज लियोनल रिचीले दिवेशको प्रस्तुतिले आफुलाई बब मार्लीको झल्को दिएको प्रतिक्रिया दिदै उनको प्रसंशा गरेका थिए ।

यस अघि फागुनको पहिलो सातामा भएको अडिसनबाट छनोटसँगै उनको चर्चा एकाएक बढेको थियो ।

अमेरिकामा आफ्नो नाम अर्थर गन राखेका दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए ।

अनलाइन अडिसन र विचिटामा अमेरिकन आइडलका छनोटकर्ता सँगको प्रस्तुतीबाट आइतबारको अडिसन पुगेका २१ वर्षीय दिवेशले शुरुमा बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाएका थिए । साहित्यमा नोबेल पुरस्कार विजेता यी महान संगीतकार डिलनले सन् १९६३ मा यो गीत रेकर्ड गराएका थिए ।

दिवेशको प्रस्तुतीबाट प्रभावित निर्णायक केटी पेरी, लियोनल रिची र लुक ब्रायनले आँखा खोलेर निर्णायकलाई या गितारलाई हेरेर अर्को गीत गाउन लगाएका थिए, जहाँ उनले क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्याण्डको ‘ह्याभ यू एभर सीन द रेन’ गीत गाएका थिए ।

दिवेशको हलिवुड वीकको प्रस्तुति भिडियो :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै