• २०८१ बैशाख १६ आइतबार

ट्रम्पको राष्ट्रपति कार्यकाल एक अर्को रियालिटी शो - बाराक ओबामा

kharibot

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् ।

डेमोक्रेटिक पार्टीको चलिरहेको कन्भेन्सनलाई भर्चुअल सम्बोधन गर्दै ओबामाले राष्ट्रपति ट्रम्पले 'एक अर्को रियालिटी शो' चलाइरहेको आरोप लगाएका छन् ।

साथै ओबामाले ट्रम्प राष्ट्रपतिको रुपमा विकसित नै नभएको बताउदै उनी त्यसका लागि सक्षम नभएको आरोप लगाएका छन् ।

ओबामाले सम्बोधनमा ट्रम्पमाथि प्रहार गर्दै साझा सहमति कायम गरेर काम गर्न नखोजेको आरोप लगाउदै काममा उनको ध्यान नै नभएको आरोप लगाए ।

ट्रम्पका कारणले विश्वभरि अमेरिकाको गौरवपूर्ण सम्मान ध्वस्त भएको ओबामाले बताए ।

साथै उनले यस अवधिमा अमेरिकाका प्रजातान्त्रिक संस्थाहरु संकटमा परेको बताउदै, यसअघि कहिल्लै यस्तो अवस्था नआएको बताए ।

उनले भने, ' ट्रम्पको कार्यकाल सर्कस जस्तो भयो, झुट, बिना अर्थका तर्क र षड्यन्त्रहरु मात्र गरियो ।'

उनले अमेरिकी मतदातालाई आग्रह गर्दै भने, 'अब यस्तालाई शक्ति नदिनुस्, अब यिनीहरुलाई आफ्नो प्रजातन्त्र लैजान नदिनुस् ।'

उनले डेमोक्रेटिक उम्मेदवार जोय बाइडेनलाई आफ्नो असल मित्र भन्दै उनकै कारणले आफ्नो राष्ट्रपतिकाल सफल भएको आफु सफल राष्ट्रपति भएको बताए । अमेरिकालाई आर्थिकमन्दीबाट बाहिर निकाल्न बाइडेनले ठुलो भूमिका खेलेको बताउदै आफ्ना हरेक महत्वपूर्ण निर्णयमा अन्तिमसल्लाह दिने व्यक्ति बाइडेन भएको बताए ।

यस अघि मंगलबार ओबामाकी पत्नी मिचेल ओबामाले पनि ट्रम्पको आलोचना गर्दै ट्रम्प राष्ट्रपतिका लागि उपयुक्त व्यक्ति नभएको बताएकी थिइन् ।

ओबामाको भाषणपछि ट्रम्पले ओबामालाई काउन्टर दिदै ट्वीटरमा ओबामाको खराब कार्यकालका कारण नै आफु राष्ट्रपतिमा विजयी भएको बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै