• २०८१ बैशाख १७ सोमबार

एनआरएनएको अध्यक्षमा कुमार पन्त अगाडी, मतगणना अन्तिम चरणमा 

kharibot

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत जारी मतगणना ८५ प्रतिशत सकिएको छ ।

अध्यक्षका प्रत्यासी कुमार पन्तको अग्रता कायमै  रहेको छ । पन्तले आफ्ना प्रतिद्वन्द्वी कुलप्रसाद आचार्यलाई २५० मतान्तरले पछि पारेका छन् । 

सङ्घका महासचिव बद्री केसीका अनुसार बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान चलेको थियो । राति अबेरदेखि मात्रै मतगणना शुरु भएको हो ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेकामा नयाँ नेतृत्वका लागि दुई हजार ३४४ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ प्रतिस्पर्धी रहेका छन् ।

निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै