• २०८१ बैशाख १७ सोमबार

टी-२० विश्वकप छनौटमा आयोजक युएईमाथि ओमान विजयी

kharibot

काठमाडौँ । टी-२० विश्वकप छनौटअन्तर्गत आयोजक युएई पहिलो खेलमा पराजितभएको छ ।

गएराती सम्पन्न खेलमा समुह बि अन्तर्गत ओमानले युएईलाई ७ विकेटले पराजित गरेको छ । 

युएईले दिएको १०९ रनको लक्ष्य ओमानले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ओमानका लागि अकिब इयासले अविजित ४५ रन बनाए भने आमिर कालीमले २७ रन बनाएका थिए । त्यस्तै जतिन्दर सिंहले १५ रन बनाए भने कप्तान जिशान मक्सूदले अविजित १६ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १०८ रन बनाएको थियो ।

युएईका लागि मुहम्मद उसमानले सर्वाधिक २७ रन बनाए भने रोहन मुस्तफाले २४ रन बनाए । त्यस्तै चिराग सुरीले १६ रन बनाए भने रमीज शाहजादले १४ रन बनाएका थिए ।

ओमानका बलर बिलाल खान र फयाज बटले ३-३ विकेट लिएका ।

यस जितका साथै समुह बि मा पहिलो खेलमा आयरल्याण्ड र ओमानले विजयी शुरुवात गरेका छन् भने युएई र हङकङ पहिलो खेलमा पराजित भएका छन् । 

त्यस्तै समुह ए मा नेदरल्याण्डस र सिंगापुरले विजयी शुरुवात गरेका छन् भने स्कटल्याण्ड र केन्या पहिलो खेलमा पराजित भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै