• २०८१ बैशाख १८ मंगलबार

कास्की र मनाङमा गरी दुई पर्यटकको मृत्यु

kharibot

कास्की । कास्की र मनाङमा गरी आज दुई पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–६ लेकसाइडको स्ट्रेट नं २ स्थित लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक ७६ वर्षीय कार्ल हेञ्ज सिकेल र मनाङको ङिस्याङ गाउँपालिका–७ टङ्कीमा थ्रोङला पासको क्रममा अमेरिकन नागरिक (पासपोर्ट नं ६४६०२७४५) ६५ वर्षीय स्टेफन भागन स्मिथ रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

जर्मन नागरिक सिकेल बिहान अबेरसम्म नउठेपछि होटलका मालिक निजको कोठामा गई हेर्दा मृत अवस्थामा फेला परेको थियो भने अमेरिकन नागरिक स्मिथको हृदयघातका कारण मृत्यु भएको र दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै