• २०८१ बैशाख १४ शुक्रबार

बयान लिन महरालाई सरकारी वकिल कार्यालय लगियो

kharibot

काठमाडौं । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानका लागि लगिएको छ ।

यस अघि बयानका लागि अस्वीकार गर्दै आएका महराको बयान वकिल कार्यालयमा सुरु भएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि म्याद थप्‍न महरालाई आजै अदालतमा उपस्थित गराइने छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।  यसअघि असोज २८ गते जिल्ला अदालतमा उपस्थित गराएका महरालाई पक्राउ परेको मितिबाट १३ दिन म्याद थप गरिएकोमा आज म्याद सकिएको हो ।

आज पनि महरालाई अस्पतालबाटै अदालत लगिएको हो । प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न सकेको छैन । बिरामी परेको भन्दै अस्पताल भर्ना भएपछि बयानको प्रक्रिया लम्बिएको हो ।

संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै