काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिडले यस सिजनको पहिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले टर्कीको क्लब गालाटासारेलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
रियल म्याड्रिडको जितमा टोनी क्रुजले खेलको एक मात्र र निर्णायक गोल गरेका थिए । इडेन हाजार्डको असिस्टमा क्रुजले खेलको १८औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस सिजनमा क्लबको खाराब प्रदर्शनबाट दबाबमा रहेका रियलका प्रशिक्षक जिनेदिन जिदान यस जितबाट केहि राहत महसुस गरेका छन् ।
यस खेलमा ग्यारेथ बेल र लुका मोड्रीच बिना नै खेलेको रियलले जित हासिल गरेको छ । यस खेलमा गोल गरेका क्रुजले च्याम्पियन्स लिगमा आफ्नो सयौ खेल खेलेका छन् । क्रुज च्याम्पियन्स लिगमा सयौ खेल खेल्ने जर्मनीका पाँचौ खेलाडी समेत बनेका छन् ।
यो जितपछि रियलको समुह ए मा ३ खेलमा ४ अंक भएको छ र रियल दोस्रो स्थानमा रहेको छ । त्यस्तै गलाटासारेको ३ खेलमा केवल एक अंक रहेको छ ।