• २०८१ बैशाख १६ आइतबार

सगरमाथा आरोहण असफल, अन्य हिमालमा भने आरोही गन्तव्यतर्फ

kharibot

फाइल तस्वीर

काठमाडौँ । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १ सय ४३ समूहका १ हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए ।

तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको सङ्ख्या कमी रहे पनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको सङ्ख्या बढ्नसक्ने पर्यटन विभागले जनाएको छ ।

यो याममा विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन् । अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए ।
विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २ सय ६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २ सय ६१ ले आरोहण अनुमति लिएका छन् ।

आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । शरद ऋतुको हिमाल आरोहणका लागि बिहीबारसम्म ६ करोड १७ लाख ३६ हजार राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

सगरमाथा आरोहण असफल

शरद ऋतुको यो याममा २ आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा असफल भएको छ । यसका साथै ल्होत्से हिमालको आरोहण पनि असफल भएको विभागले जनाएको छ ।

सगरमाथा आरोहणका लागि २ समूहमध्ये एक समूहमा १ मात्र स्पेनी नागरिकले अनुमति लिएका थिए भने अर्को ९ जनाको आरोही समूहमा अमेरिका र पोर्चुगलका समान ४ जना र बेलायतका १ नागरिक थिए । उनीहरुले यो याममा आरोहण प्रयास गरे पनि असफल भएका हुन् । सगरमाथाको क्याम्प–२ सम्म पुगेर प्रयास गरे पनि आरोहण अगाडि बढ्न सकेन ।

अहिले सबै आरोही फर्किसकेको जनाइएको छ । यो याममा सगरमाथामा बाक्लो हिउ पर्ने भएकाले आरोहणमा समस्या हुने गर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै