• २०८१ बैशाख १४ शुक्रबार

लेगानेसमाथि रियल म्याड्रिडको सहज जित

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेगानेसलाई ५-० गोल अन्तरले पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले फराकिलो गोल अन्तरले जित हासिल गरेको हो ।

रियल म्याड्रिडको जितमा रोड्रीगो, टोनी क्रुज, सर्जियो रामोस, करिम बेन्जामा र लुका जोभिकले एक एक गोल गरेका थिए ।

जितपछि रियल म्याड्रिड ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । रियलको १० खेलमा २१ अंक छ भने बार्सिलोना १० खेलमा २२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै ग्रानडा १० खेलमा २० अंकसहित तेस्रो र एटलेटिको म्याड्रिड र सेभिल्ला ११-११ खेलमा २०-२० अंकसहित चौथो र पाँचौ स्थानमा रहेका छन् ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै