• २०८१ बैशाख १५ शनिबार

मेगाको आफ्नै लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर

kharibot

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नै कार्यालय भवनमा मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरका तथा रिसोर्स सेन्टर सञ्चालनमा ल्याएको छ । 

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वर स्थित बैंकको कार्यालय परिसरमा बिहीबार एक समारोहबीच नवनिर्मित मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा मेगा बैंकका सञ्चालकहरु, सिइओ, एडीसिइओ, अन्य उच्च व्यवस्थापन श्रेणीका कर्मचारी लगायतको उपस्थिति थियो । 

मेगा बैंकमा कार्यरत कर्मचारीहरुको शीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै अभैm प्रभावकारी ढंगले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यस सेन्टरलाई बैंककै कार्यालय रहेको भवनमा स्थापना गरिएको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ज्ञान हासिल गर्ने प्रकृया सदैब चलिरहने भएकोले सबै तहका कर्मचारीहरुको लागि यो अत्यन्तै उपयोगी हुने धारणा शाहको छ । 

वि.सं. २०६९ साल देखिनै स्थापित बैंकको रिसर्च एण्ड डेभलप्मेन्ट ईकाईको कार्यमा रिसोर्स सेन्टरले योगदान पु¥याउने समेत विश्वास आफुले लिएको उनले बताए ।   

बैंककी सिइओ अनुपमा खुञ्जेलीले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्देश्य तालिम दिने मात्रै नभई बैंकभित्रै अनुभवी प्रशिक्षकहरुको पनि संख्या वृद्धि गर्ने रहेको बताईन् । सोही बमोजिमको योजना एवं तालिका तयार गरी सेन्टरलाई सञ्चालन गरिने पनि उनको भनाई छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै