• २०८१ बैशाख २६ बुधबार

ग्रानडालाई हराउदै रियल सोसियडाड ला लिगाको तेस्रो स्थानमा उक्लियो    

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल सोसियडाडले ग्रानडालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा सोसियडाडले ग्रानडालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सोसियडाडको जितमा पोर्टूले २ गोल गरेका थिए । पोर्टूले खेलको २१ औ मिनेटमा गोल गर्दै सोसियडाडलाई शुरुवाती अग्रता दिलाएका थिए भने ग्रानडाका लागि भाड़ील्लोले खेलको ३६औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि खेलको ८९औ मिनेटमा पोर्टूले गोल गर्दै सोसियडाडलाई महत्वपूर्ण जित दिलाएका थिए ।

जितपछि सोसियडाड १२ खेलमा २२ अंकसहित लिगको तेसो स्थानमा रहेको छ ।

लिगमा ११ खेल खेलेका बार्सिलोना र रियल म्याड्रिडको २२-२२ अंक छ भने दुवै पहिलो र दोस्रो स्थानमा रहेका छन् ।                      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै