• २०८१ बैशाख १६ आइतबार

'बैजु बावरा' मा रणवीरको ठाउमा ऋतिक रोशन !

kharibot

मुम्बई । बलिवुडका चर्चित निर्देशक संजयलिला भन्सालीले घोषणा गरेको फिल्म 'बैजु बावरा' मा मुख्य अभिनेता को हुने भन्ने अहिले चर्चाको विषय बनेको छ ।

यस फिल्मको प्रमुख भूमिकाका लागि रणवीर सिंह र ऋतिक रोशनको चर्चा सबै भन्दा अगाडी रहेको छ ।

मिडिया रिपोर्टका अनुसार निर्देशक भन्सालीले पहिला रणवीर सिंहलाई प्रस्ताव गरेपनि रणवीरले यो फिल्म अस्विकार गरेको बताइएको छ । रणवीरले अस्विकार गरेपछि भन्सालीले ऋतिकलाई प्रस्ताव गरेको बताइएको छ । भन्सालीले ऋतिकसँग यसअघि गुजारिश फिल्ममा काम गरिसकेका छन् ।

ऋतिकले भन्सालीको प्रस्ताव स्वीकार गरेको बताइएपनि यसको आधिकारिक घोषणा भने गरिएको छैन । दुवैले यस अघि सन् २०१० मा गुजारिशमा काम गरेपछि ९ बर्षपछि फेरी काम गर्न लागेका हुन् ।

यस फिल्मका लागि रणवीर सिंहले भने समय अभावका कारण छोडेको बताइएको छ । अन्य कारण अहिलेसम्म बाहिर आएको छैन । ऋतिकले यस बर्ष सुपर ३० र वार रिलिज भएका छन् भने यस पछि उनले आफ्नै पिताको फिल्म कृष-४ को घोषणा गरेका छन् ।      

सलमान खानसँगको फिल्म इन्शाअल्लाह बन्द भएपछि दुई नयाँ फिल्मको घोषणा गरेका हुन् ।

भन्सालीले नयाँ फिल्म 'बैजु बावरा' को घोषणा गर्दै फिल्म २०२१ को दिपावलीमा रिलिज गर्ने घोषणा समेत गरिसकेका छन् ।

यस अघि भन्सालीले अभिनेत्री आलिया भट्टलाई लिएर 'गंगुबाई काठियावाडी' को घोषणा गरेका छन् । आलियालाई लिएर पहिलो पटक फिल्म बनाउन लागेका भन्सालीले गंगुबाई कोठेवालीको जीवनीमा यो फिल्ममा ६० को दशकको मुम्बईलाई देखाइने बताइएको छ । यो फिल्म आउदो बर्ष सेप्टेम्बर ११ मा रिलिज हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय