महरा डिल्लीबजार कारागारमा रहने 

खरीबोट

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलाशले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि आज पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । 

अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निर्वमान सभामुख महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको र उनलाई डिल्लीबजार कारागारमा राखिने छ । 

महराका तर्फबाट ३२ जना अधिवक्ताले बहसका लागि नाम लेखाएका छन् । आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि तय गरिएको थियो । 

निर्वतमान सभामुख महराको अदालती बयान शुक्रबार भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो । 

महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।      

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि थुनामा पठाइएको हो । निर्वतमान सभामुख महरा कसुरदार हो वा होइन थप अनुसन्धानपछि मात्र अदातलले फैसला गर्नेछ ।

सम्बन्धित समाचार

तेक्वान्दोमा वीर बहादुर महराले जिते स्वर्ण पदक

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका वीर बहादुर महराले स्वर्ण पदक जितेका छन् । मंगलबार सम्पन्न खेलमा महराले तेक्वान्दोको पुरुषतर्फ ६८ केजी समुहमा स्वर्ण पदक जितेका हुन् । योसँगै

महरा प्रकरणमा उच्च अदालतले निर्णयको फाइल मगायो   

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्धको पुनरावेदन निवेदनमा सुनुवाई शुरु भएको छ । शुक्रबार उच्च अदालत पाटनले कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको छ । पुनरावेदन अदालत पाटनका

जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालतमा

काठमाडौँ । हाल हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका छन् । महिला कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार

शिवाकोटीलाई इन्जा साहसिक पुरस्कार प्रदान

काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीले नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा) साहसी पुरस्कार पाएका छन् । काठमाडौंमा गरिएको कार्यक्रममा शिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार ग्रहण गर्दै हाम्राकुरा डटकमका सम्पादकसमेत


z