काठमाडौँ । भारतले दोस्रो टी-२० खेलमा बंगलादेशलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।
बंगलादेशले दिएको १५४ रनको लक्ष्य पछाएको भारतले १५.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
भारतको जितमा कप्तान रोहित शर्माले उत्कृष्ट ब्याटिंग गरेका थिए । रोहितले ४३ बलमा ८५ रनको पारी खेलेका थिए । रोहितले ६ छक्का र ६ चौका प्रहार गरेका थिए । त्यस्तै भारतका लागि शिखर धवनले ३१ रन बनाएका थिए । त्यस्तै केएल राहुलले अविजित ८ र श्रेयस अय्यरले अविजित २४ रन बनाएका थिए ।
बंगलादेशका बलर अमिनुल इस्लामले २ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।
बंगलादेशका लागि मोहमद नैमले ३६ रन बनाएका थिए । त्यस्तै सौम्य सरकार र मह्मुदुल्लाहले ३०-३० रन बनाएका थिए । त्यस्तैलिटन दासले २९ रन बनाएका थिए ।
त्यस्तै युजवेन्द्र चहलले २ विकेट लिए भने दिपक चहर, खालील अहमद र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच भारतका कप्तान रोहित शर्मा बनेका छन् ।
यो जितपछी तीन खेलको सिरिज १-१ को बराबरी भएको छ । अब सिरिजको अन्तिम खेल आइतबार हुदै छ ।