काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड नक आउट चरणमा प्रवेश गरेको छ ।
गएराती सम्पन्न खेलमा युनाइटेडले सर्बियाको क्लब पार्टिजानलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
युनाइटेडको जितमा मासन ग्रीनवुड, एन्टोनी मार्सियल र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए ।
यो जितसाहित युनाइटेडले समुह एल मा ४ खेलमा १० अंक हासिल गरेको छ भने नक आउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।