• २०८१ बैशाख १४ शुक्रबार

रोचक परम्परा : विवाहपूर्व महेन्दी होईन फोहोरको शृंगार

kharibot

उत्तरी स्कटल्याण्डमा ब्ल्याकनिङ अर्थात विवाह हुनु पूर्व फोहोरले होली खेल्ने परम्परा निकै लोकप्रिय छ । विवाह हुनु भन्दा केही दिन पहिले बेहूला र बेहूलीलाई  महेन्दी लगाउने र बुक्का लगाउने प्रचलन भारत तथा नेपालमा रहेको जस्तै स्कटल्याण्डमा कुहिएको फोहोर बेहुला-बेहूलीलाई लगाईदिने चलन सच्ची नै अचम्म लाग्दो छ ।  

प्रचलन अनुसार सबै भन्दा पहिला ईन्गेजमेन्ट गरेका जोडीलाई साथी र आफन्तहरुले अपहरण गरेर लैजान्छन र कुहिएको आन्डा , माछाको फोहोर, कुकुरकों खनेकुरा र गुड़ जस्तो चिपचिप लाग्ने फोहोर बस्तुले भिजाउछन् ।  

विवाह जस्तो ठूलो कार्यको एक दिन अगाडि यसरी फोहोरले नुहाउनाले शुभ साइत हुने र वैवाहिक जीवनमा सुख बढ्ने मान्यता रहि आएको छ ।  

रस ब्रीबनर,  अबरडीनसरको लनमे गाउँमा बस्छन्, उनको चाँडै विहे हुदै छ र उनी ब्ल्याकनिङको ठूलो प्रसंसक हुन । उनी जिउमा फोहोर लगाउन धेरै उत्साही छन् ।  

उनी भन्छन्, " जब मेरो मिल्ने साथी पलको विवाह थियो, म उसको बेस्ट म्यान थिए, उसलाई विहेको दिन  उभिन साहारा दिनु परेको थियो । " 

अब भने पालो फेरीएको छ, ३३ वर्षिय रस ३५ वर्षिय क्याज  सँग विवाह गर्दै छन् । उनका साथी केथको अनुसार रसको ठूलो कद भएको कारण फोहोरमा लतपत पार्न उनका साथीलाई निकै मिहेनत गर्नुपर्ने छ ।  

रस र क्याज अली चिन्तित  छन् किनभने पूरै समुदाय नै उनीहरुलाई फोहोरले एकसाथ हान्न आऊँछन् । रस भन्छन्, " यो विवाहको महत्वपूर्ण पाटो हो जसमा बेहुला बेहूलीको कुनै नियन्त्रण हुदैन ।" 

केथ, रस धेरै बलियो भएकोले समात्न गाह्रो हुने बताउछन्," रस राम्रो रग्बी खेलाडी हुन, फोहोर दल्न आउने मानिसलाई सजिलै छिचोल्न सक्छन् ।"

रसका भाई अलिस्टार दाईलाई भेटाऊन गाह्रो हुने भएकोले झुक्याएर सबै केटा मिलेर समात्ने बताउछन् । समातेपछि बाँधेर राख्न डोरीसमेत तयार छ ।

विहेको एक दिन अगाडि सबै जाना फोहोर जन्य सामग्रीका साथ भेला हुन्छन् । हेर्दै घिनलाग्दो फोहोर जस्तै कुहिएको मल, गाई बस्तुको गोबर, माछाको फोहोर-आँखा, कत्ला, पुछर इत्यादिसहित बेहुला-बेहूलीमाथि आक्रमण गर्छन् र फोहोरले रमाइलो गर्छन् ।

 

ब्ल्याकनिङको सुरुवात कसरी भयो ? 

अबेरडिन एल्फिनस्टोन  विश्वविध्यालयकी  डा. सिला योंङ को अनुसार यदि यस  परम्परा बारेमा थाहा भएर कोही पहिलो पल्ट त्यस गाउँमा गयो भने, सुरुमा त टर्चर  गरेको जस्तो लाग्न सक्छ ।  

फोहोरले घिनलाग्दो बनाउने मात्र होईन सफा बनाउने चलन पनि रहेको उनी बताउछिन । यसको सुरुवात १९८० बाट भएको पाइन्छ, सुरुवातमा यसलाई खुट्टा धुने चलन भनेर चिनिन्थ्यो । पहिला खुट्टा सफा राख्न चिम्नीको कालो मोसो लगाएर खुट्टा धुने चलन थियो ।  

डा. योङ भन्छिन, "खुट्टामा कालो लगाएर धुने काम विवाहको लागि सहमति जनाएको भन्ने बुझिन्थ्यो ।"   

उनले गरेको एक अनुसन्धान अनुसार, पहिले विवाह केवल जाडो महिनामा मात्र हुन्थ्यो र मान्छेहरु खुट्टा धुनबाट  बच्न भाग्न थाले र पछि गएर यो परम्पारा फोहोरले नुहाइदिने बन्यो । यसै परम्पराको कारण स्कटल्याण्डमा गर्मी मौसममा पनि विवाह हुन थाल्यो ।  

अहिलेको पैसाको पछि भाग्ने जमानामा यस फोहोरबाट भाग्ने परम्पराले स्कटल्याण्डको समुदायलाई सँगै एकै ठाऊमा जोडेको छ ।

-बिबिसी स्कटल्याण्डबाट साभार  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै