क्रिस्टल प्यालेसमाथि चेल्सी विजयी, अब्राहिमले गरे कीर्तिमानी गोल

खरीबोट

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

घरेलु मैदानमा स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा युवा खेलाडी टमी अब्राहिम र क्रिस्टियन पुलिसिकले एक एक गोल गरेका छन् ।

इब्राहिमले यस सिजनमा चेल्सीका लागि ११औ गोल गर्दै चेल्सीका कम उमेरमा ११ गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । अब्राहिमले २२ बर्ष ३८ दिनमा प्रिमियर लिगमा ११ गोल गरेका छन् । चेल्सीका लागि यस अघि आर्जेन रोबिनले २१ बर्ष ३४२ दिनको उमेरमा प्रिमियर लिगमा ११ गोल गर्दै किर्तिमान बनाएका थिए ।

जितपछि चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको १२ खेलमा २६ अंक भएको छ । चेल्सीभन्दा एक खेल कम खेलेको लिभरपुल ३१ अंकसहित शिर्ष स्थानमा छ भने म्यानचेस्टर सिटी पनि एक खेल कम खेल्दै २५ अंकसहित दोस्रो स्थानमा रहेको छ । 
 

सम्बन्धित समाचार

टोटनह्यामद्वारा मुख्य प्रशिक्षक पोचेट्टीनोलाई बर्खास्त

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले आफ्ना मुख्य प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई बर्खास्त गरेको छ । ४७ बर्षिय अर्जेन्टिनी म्यानेजर पोचेट्टीनोलाई क्लबको यस सिजनमा खराब प्रदर्शनपछि हटाइएको हो । क्लबका अध्यक्षले एक

म्यानचेस्टर सिटीमाथि लिभरपुलको शानदार जित

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा फाबिन्हो, मोहमद सलाह र साडियो

टोटनह्याममाथि लिभरपुलको जित, सलाहले गरे निर्णायक गोल 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा जेम्स हेन्डरसन

चेल्सीको जितमा पुलिसिकको ह्याट्रिक, चौथो स्थानमा उक्लियो

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले बर्नलीमाथि फर्किलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले बर्नलीलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । चेल्सीको जितमा क्रिस्टियन पुलिसिकले ह्याट्रिक गरेका


z