• २०८१ बैशाख १४ शुक्रबार

इबरमाथि रियल म्याड्रिडको सहज जित, बेन्जामाले गरे दुई गोल

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले इबरलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियलले इबरलाई ४-० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जामाले दुई गोल गरेका थिए भने सर्जियो रामोस र फेडेरिको भलभेर्डोले एक एक गोल गरेका थिए ।

रियलका बेन्जमाले यस सिजनमा म्याड्रिडका लागि ११ गोल गर्दै अल टाइम रियलको गोलकर्ताको सुचिमा लिजेण्ड फेरेन्क पुस्कासलाई जितेका छन् । उनी रियलको धेरै गोल गर्ने सुचिमा छैठौ स्थानमा उक्लिएका छन् ।

रियलले यो जितसँगै १२ खेलमा २५ अंकसहित दोस्रो स्थानमा रहेको छ । बार्सिलोनापनि १२ खेलमा २५ अंकसहितनै शिर्ष स्थानमा रहेको छ ।

इबरको भने १३ खेलमा १५ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै