• २०८१ बैशाख १६ आइतबार

अस्ट्रेलियामा भिषण अगलागी, कैयौँ घरबार बिहिन 

kharibot

फाइल तस्विर । 

अस्ट्रेलियाको जंगलमा भिषण आगलागीको कारण कम्तिमा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना बेपत्ता भएका छन्।

शनिवार लागको डडेलोको कारण आपातकालको भोलिपल्ट अधिकारिहरुले मर्नेको संख्या बढ्न सक्ने आशंका गरेका छन्।

प्रधानमन्त्री स्कट मरिसनको अनुसार उक्त समयमा करीब एक सय ठाउँमा आगो लागेको र त्यसको नियन्त्रणमा सेना र १३ सय दमकल कर्मचारी खटाएको छ।

क्वीन्सल्याण्ड र न्यू साउथ वेल्स बढि प्रभावित क्षेत्रमा हजारैं नागरिक पनि मदत्को काममा लागेका छन्। मरिसनले मृत्यु हुने परिवार र कुनै सदस्य गुमाएका मानिसप्रति दुख व्यक्त गरेका छन् ।

क्वीन्सल्याण्डमा हजारैं मानिसहरु खाली शिविरमा रात बिताउन बाध्य छन्। अधिकारिहरुले अहिले उनीहरुलाई घर जान मिल्ने बताएका छन्।

न्यू साउथ वेल्स को दमकल अधिकारिहरु अनुसार आगोलागी बाट एक सय ५० भन्दा बढी घरहरुमा असर परेको छ।

तेज हावा र ३५ डिग्री सेल्सियस् तापक्रमले आगो भड्किएको हो। आगो लागेको कतिपय ठाउँ सुख्खा प्रभावित क्षेत्रमा पर्छन्।

शुक्रवार प्रभावित क्षेत्रको सफाईको क्रममा, दमकल कर्मचारीले सिडनीको उत्तरी भूभागमा लगभग पाँच सय ५०  किलोमीटर पर ग्लेन इन को नजिक कारमा जलेर मृत्यु भएको एक व्यक्तिको शव बरामद गरेको छ।

सोहि शहरमा उक्त दिन एक महिलाको शरीरमा आगो सल्किएर गंभीर रूपमा जलेकी थिइन् तर अस्पताल लगेको केहि बेर पछि उनको मृत्यु भएको थियो।
सिडनीबाट करीब तीन सय किलोमीटर पर रहेको शहर नजिक घरबाट एक जलेको शव बरामद भएको थियो।

पछि न्यू साउथ वेल्सको प्रहरीले शनिवार तेस्रो व्यक्तिको मृत्यु भएको पुस्टि गेरको छ। न्यू साउथ वेल्स ग्रामिण दमकल सेवाका कमिश्नर शेन फिट्ज़सिमोंस ले आगामी सता वा डिसेम्बर-जनावरी, फेब्रुअरीमा पुरै गर्मिको महिना  आगलागीको स्थितिमा थोरै सुधार हुने बताएका छन्।

उनले समाचार एजेन्सी रोयटर्स संग भनेका छन् , "आगामी महीनामा मौसम सन्तुलनको पूर्वानुमान, सामान्य तापक्रम लगातार धेरै रहने र औसत वर्षा कति हुनेमा निर्भर हुन्छ।"

शुक्रवार पुरै न्यू साउथ वेल्समा एकै समयमा १७ ठाउमा आपातकालीन स्तरको आगलागि भएको थियो । कतिपय मानिसहरुको घर सहित सबै सामान जलेर नष्ट भएको छ।

सबै भन्दा बढी प्रभावित क्षेत्र न्यू साउथ वेल्समा दमकलकर्मीले पछिल्लो महिना मात्र सय भन्दा बढी ठाउँ मा आगो लागेको र आफ्नो घर बचाउने प्रयासमा दुई जनाको ज्यान गएको बताएका छन्।

कोआला संरक्षणको दुई हजार हेक्टर भन्दा बढी जङ्गलमा आगलागीको कारण हजारौं जनावरहरु प्रवाहित भएको आशंका छ।

च्यारिटी कोआला कन्जर्भेशन अस्ट्रेलियाले, आधा भन्दा बढी कोआला सोहि क्षेत्रमा बसोबास गर्दै आएको र सबै मरेको हुन सक्ने बताएको छ ।

वैज्ञानिकहरुको अनुसार, जलवायु परिवर्तनको  कारण अस्ट्रेलियामा आगलागीको मौसम लामो हुदै गएको र यो निकै जोखिमपूर्ण हुदै गएको छ ।


बिबिसीको एक रिपोर्टमा आधारित
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै