काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा पार्टीका विभिन्न आयोगहरूका प्रमुखको नियुक्ति विषयमा छलफल हुने बताइएको छ ।
नेकपामा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन ।
साथै बैठकमा पछिल्लो राजनीतिक अवस्था, पछिल्लो नक्सा प्रकरणका बारेमा पनि छलफल हुने बताइएको छ । बैठकमा मन्त्रिमण्डल पुनर्गठनको विषयले पनि प्रवेश पाउने सम्भावना रहेको बताइएको छ ।