काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका केन्द्रीय निकाय तथा आयोगको नेतृत्वमा नियुक्ति गरेको छ ।
सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभिन्न निकाय तथा आयोगको नेतृत्वको टुंगो लगाएको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय अनुशासन आयोगको अध्यक्ष अमृत बोहरा र सचिव अशोक रोकायलाई बनाइएको छ ।
त्यसैगरी लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिव टेकनाथ आचार्य बनेका छन् ।
त्यसैगरी केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिव माधव पौडेल बनेका छन् ।
त्यस्तै केन्द्रीय सल्लाहकार कमिटीमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई छानिएको छ ।