• २०८१ बैशाख १५ शनिबार

वेस्टइन्डिजद्वारा सिरिज क्लिन स्विप, अफगानिस्तान लगातार १२ खेलमा हार्यो 

kharibot

काठमाडौँ । वेस्टइन्डिजले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज ३-० ले जितेको छ ।

गएराती सम्पन्न तेस्रो एकदिवसीय खेल वेस्टइन्डिजले ५ विकेटले जितेर सिरिज क्लिन स्विप गरेको हो ।

अफगानिस्तानले दिएको २५० रनको लक्ष्य पछाएको वेस्टइन्डिजले ४८.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

वेस्टइन्डिजको जितमा साइ होपले शतकीय पारी खेलेका थिए । होपले अविजित १०९ रन बनाएर वेस्टइन्डिजलाई जिताएका थिए ।

त्यस्तै रोस्टन चेजले अविजित ४२ रन बनाए भने ब्राण्डन किंगले ३९ रन बनाए भने केरोन पोलार्डले ३२ रन बनाए । त्यस्तै निकोलस पुरनले २१ रन बनाएका थिए । त्यस्तै एवीन लुइस एक र शिमरोन हेटमेयर शुन्यमा आउट भएका थिए ।

वेस्टइन्डिजका लागि मुजीब उर रहमानले २ विकेट लिएका थिए भने रासिद खान, मोहमद नावी र शराफुद्दीन अश्राफले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर २४९ रन बनाएको थियो । अफगानिस्तानका लागि अस्घर अफगानले सर्वाधिक ८६ रन बनाए ।

त्यस्तै हजरतुल्लाह जजई र मोहमद नावीले ५०-५० रन बनाएका थिए । त्यस्तै नाजिबुल्लाह जर्दानले ३० रन बनाए भने रहमत शाहले १० रन बनाएका थिए ।

वेस्टइन्डिजका लागि किमो पाउलले ३ विकेट लिएका थिए भने अल्जामी जोसेपले २ विकेट लिएका थिए । त्यस्तै रोमारियो शेपेर्ड र रोस्टन चेजले एक एक विकेट लिएका थिए ।

योसँगै साइ होप खेलको प्लेयर अफ द म्याच बनेका छन् भने वेस्टइन्डिजका रोस्टन चेज प्लेयर अफ द सिरिज बनेका छन् ।

यो जितपछि वेस्टइन्डिजले ३ खेलको सिरिज ३-० ले जितेको छ । साथै अफगानिस्तान लगातार १२ खेलमा हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै