• २०८१ बैशाख १६ आइतबार

५०औं एकदिवसीय खेल खेल्दै करण केसी

kharibot

काठमाडौँ । नेपालका बलर अलराउण्डर करण केसीले आज नामिबियाविरुद्ध खेल्दै आफ्नो ५० एकदिवसीय खेल खेल्दै छन् ।

नेपालक्लो क्रिकेट इतिहासकै पहिलो एकदिवसीय खेल २०१८ को अगस्त १ मा नेदरल्याण्डसविरुद्ध डेभ्यु गरेका करणले आफ्नो ५० एकदिवसीय खेल खेल्न लागेका हुन् ।

एकदिवसीय खेलमा अहिलेसम्म करणले ४९ खेलमा ३७४ रन बनाएका छन् भने ७४ विकेट लिएका छन् ।

उनी ५० एकदिवसीय खेल खेल्ने नेपालको सातौ खेलाडी हुन् । नेपालका लागि कप्तान रोहित पौडेलले अहिलेसम्म सर्बाधिक ५९ एकदिवसीय खेल खेलेका छन् भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले ५३-५३ खेल खेलेका छन् । त्यस्तै सन्दीप लामिछानेले ५१ तथा आसिफ सेख र कुशल भुर्तेलले ५०-५० खेल खेलेका छन् ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय