• २०८१ बैशाख १७ सोमबार

डलर साट्ने बहानामा १० लाख ठगी गरी फरार

kharibot

काठमाडौं । काठमाडौं कलंकी बस्ने सुर्खेत बीरेन्द्रनगर नगरपालिका ७ घर भएका ३६ वर्षीय बिसी थरका पुरुषलाई हाल वतन नखुलेको कमल तामाङ नाम गरेको व्यक्तिले डलर साट्ने भनि उनको साथबाट नगद १० लाख रुपैयाँ लिई सोमबार दिउँसो फरार भएका छन् । 

कागेश्व्री मनहरा नगरपालिका ५ थलीमा डलर साट्न भनि तामाङले पीडितलाई बोलाई डलर नदिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ ।

फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै