• २०८१ बैशाख १४ शुक्रबार

काबुल विस्फोटमा सात जनाको मृत्यु 

kharibot

फाइल तस्विर

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ। स्थानीय समयानुसार बुधबार बिहान ७:२५ मा सो विस्फोट भएको थियो।

यस विस्फोटमा अन्य सात जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिनु भएको छ। 

शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवनहरू, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ। 

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताएका छन्। 

वम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास शुरु गरिएको छ। उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैनन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै