आलमको थुनछेक बहस बुधबार पनि सकिएन 

खरीबोट

रौतहट । मोहम्द आफताब आलमको थुनछेक बहस बुधबारपनि सकिएको छैन् । अब बाँकी बहस विहिबार हुने भएको छ । 

रौतहट जिल्ला अदालतका दिपक ढकालको इजलाशमा आलमको पक्षमा वचाउ गर्दै बुधवार पनि चारजना कानुन व्यावसायीले बहस गरेका छन् । वादीको तर्फवाट पूर्व महान्याधीवक्ता युवराज संग्रौलाले बहस गर्दै आलमले १२ बर्ष अगाडि ठूलो अपराध गरेकोले उनलाई थुनामा राखि कारबाही गर्न जरुरी देखिएको बताएका थिए ।

पूर्वमहान्यायाधीवक्ता रमन श्रेष्ठले आलमको तर्फबाट बहस गर्दै मिडिया र प्रहरी माथि नै दोष लगाएका छन् । न्यायाधीश ढकालको इजलाशमा बहस गर्दै पूर्व महान्यायाधीवक्ता श्रेष्ठले आलमलाई राजनीतिक प्रतिशोधले फसाउन खोजेको, १२ बर्ष अघि नै घटना नभएकोले यसको कुनै आधार र प्रमाण फेला नपरेकोले तत्कालिन सरकारी वकिल र माहान्यायाधिवक्ताको कार्यालयले खारेज गरेको अवस्थामा यो मुद्दा चल्नु पर्ने कुनै तर्क नरहेको जिकिर गरेका छन् ।

धवार प्रतिवादीको तर्फवाट रौतहट जिल्लाका कानुन व्यावसायी लाल बाबु राय यादव, संजिव मल्लिक, अजय पटेलले बहस गरेका छन् ।
 

सम्बन्धित समाचार

आलमलाई रातारात काठमाडौँ ल्याइयो, नख्खु कारागारमा राखिने 

काठमाडौँ । रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता मोहम्द अफताब आलमलाई रातारात काठमाडौँ ल्याइएको छ । आलमलाई ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो । १२ वर्षअघि बम बनाउँदा विस्फोट भएर घाइतेलाई इटाभट्टामा हालेको

आलमलाई थुनामा राख्ने आदेश, सांसद पद निलम्बन

काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई अदालतले थुनामा राख्ने आदेश दिएको छ । एक साता लामो बहसपछि शुक्रवार जिल्ला अदालत रौतहटले उनलाई थुनामा पठाउन आदेश

आलमविरुद्धको थुनछेक बहस सकियो 

रौतहट । राजपुर बम बिस्फोटको घटनामा पक्राउ परेका काँग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको थुनछेक बहस सकिएको छ । वादीतर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ९

आलमको थुनछेक बहस बुधबार पनि सकिएन 

रौतहट । मोहम्द आफताब आलमको थुनछेक बहस बुधबारपनि सकिएको छैन् । अब बाँकी बहस विहिबार हुने भएको छ ।  रौतहट जिल्ला अदालतका दिपक ढकालको इजलाशमा आलमको पक्षमा वचाउ गर्दै बुधवार पनि


z