डिस्कोमा भेटिएपछि विमलसहित चार खेलाडीलाई एन्फाको कारवाही 

खरीबोट

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनको कारवाही गरेको छ । 

एन्फाले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई अनुशासनको कारवाही गर्दै भुटानमा हुने कुवेतविरुद्धको खेल खेल्ने टिमबाट हटाएको छ । 

चारै जना खेलाडीहरु मादकपदार्थ सेवन गरेको र गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लब/डिस्कोमा पाइएकाले कारबाही गरिएको एन्फाका प्रवक्ता किरण राईले खरीबोटलाई बताए ।

प्रवक्ता राईले तत्कालका लागि कुवेतविरुद्धको खेलबाट हटाइएको र अन्य कारवाहीको लागि अनुशासन समितिले निर्णय गर्ने बताए ।

नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ भने कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानको यात्रा गर्न नपाउने भएका छन् । उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ ।

नेपालले विश्वकप छनोटमा कुवेत विरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालाको पुन:निर्माण सम्पन्न नभएपछि नेपालले मंसिर ३ गते कुवेतविरुद्ध भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल्दैछ । 

नेपालले विश्वकप छनोट अन्तर्गत अहिलेसम्म सबै चार अवे खेल खेलिसकेको छ । अहिलेसम्म नेपालको ४ खेलबाट ३ अंक रहेको छ ।

समूह बी मा रहेको नेपाल समूहको चौंथो स्थानमा छ । यसअघि कुवेतसँग भएको खेलमा नेपाल ७–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित भएको थियो । नेपाल पछिल्लो अवे खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो ।
 

सम्बन्धित समाचार

डिस्कोमा भेटिएपछि विमलसहित चार खेलाडीलाई एन्फाको कारवाही 

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनको कारवाही गरेको छ ।  एन्फाले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट,

ए डिभिजन लिग फुटबल मंसिर २८ गते सुरु हुने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ गते सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मंसिर २८ गतेबाट ए डिभिजन लिग सुरु हुने

बाराको सिमरामा एन्फाको 'ग्रासरुट डे’

बारा । अखिल नेपाल फूटवल संघ (एन्फा) ले बुधवार बाराको सिमरामा ग्रास रुट डे मनाएको छ । गत भदौ देखि सिमरा रंगशालामा ग्रास रुट फूटवल प्रशिक्षण सञ्चालन गरिरहेको बारा जिल्ला फूटवल

एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन भएका छन् । एन्फा केन्द्रिय कार्यसमिति आज बसेको बैठकले नेम्वाङलाई सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चुनेको प्रवक्ता किरण राईले


z