धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । २२ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन् ।
सोमबार साँझ उनले बुहारी नाता पर्ने २२ वर्षीया महिलामाथि कोठामा नै गएर बलात्कार गरेको आरोप लागेको छ ।
जबरजस्ती करणी गरेको उजुरीपछि सोमबार राति नै आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनीमाथि जर्बजस्ती करणी मुद्दा चलाइ थप अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले बताए ।