• २०८१ बैशाख १७ सोमबार

‘जर्सी’ को रिमेकमा शाहिदको जोडी बनिन् मृणाल

kharibot

मुम्बई । ‘सुपर ३०’ र ‘बाटला हाउस’ मा उत्कृष्ट काम गरेकी अभिनेत्री मृणाल ठाकुरले शाहिद कपूरको अपोजिट अभिनय गर्ने भएकी छन् ।

साउथको सुपरहिट फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा मृणालको जोडी शाहिदसँग बाँधिएको छ । गौतम तिन्नानुरीको  निर्देशनमा बन्न लागेको जर्सीको रिमेकमा शाहिद कपूर क्रिकेटरको भूमिकामा देखिदै छन् । निर्देशक गौतम साउथको जर्सीका समेत निर्देशक हुन् ।

ओरिजनल ‘जर्सी’ मा साउथ एक्टर नानी प्रमुख भूमिकामा थिए । यो फिल्म दर्शक र क्रिटिक्सले निकै रुचाएका थिए ।

यसअघि शाहिद साउथ स्टार विजय देवरकोन्डाको फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबीर सिंह’ पछि जर्सी साइन गरेका हुन् । बक्सअफिसमा कबीर सिंहले कैयौं रेकर्ड तोड्दै कीर्तिमानी कमाई गरेको थियो ।  कबीर सिंह शाहिदको क्यारियरकै अहिलेसम्मको धेरै कमाई गर्ने फिल्म बनेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै