• २०८१ बैशाख १४ शुक्रबार

महिन्दा राजापाक्षे बने श्रीलंकाका नयाँ प्रधानमन्त्री

kharibot

कोलम्बो । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटाभया राजापाक्षेले आफ्ना दाजु महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा घोषणा गरेका छन् ।

प्रधानमन्त्री रनिल बिक्रमासिंघेले राजीनामा दिएपछि राष्ट्रपति गोटाभयाले प्रमुख प्रतिपक्षी दलका नेता महिन्दाको नाम प्रधानमन्त्रीको रुपमा घोषणा गरेका गरेका हुन् ।

बिहीबार विक्रमासिंघेले आधिकारिक रुपमा पदमुक्त भएपछि महिन्दाले जिम्मेवारी सम्हाल्ने श्रीलंकाका स्थानीय मिडियाले बताएका छन् ।

गत वर्षको अक्टोबर २६ मा तत्कालिन राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले विक्रमासिंघेलाई बर्खास्त गरेर महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तर सर्वोच्च अदालतको आदेशपछि उनले राजीनामा दिनुपरेको थियो । सर्वोच्च अदालतले तत्कालिन राष्ट्रपति सिरिसेनाको निर्णयलाई अवैधानिक ठहर गरेको थियो ।

तीन दशक लामो आन्तरिक द्वन्द्व समाधान गरेका महिन्दा राजापाक्षे फेरी श्रीलंकाको राजनीतिमा शक्तिशाली बनेका छन् । 

प्रधानमन्त्री रनिल विक्रमासिंघेले मंगलबार नवनिर्वाचित राष्ट्रपति राजापाक्षेलाई भेट गर्दै आफूसँग अझै बहुमत रहे पनि नयाँ जनमतलाई स्वीकार गर्दै राजीनामा दिने बताएका थिए । सोहि बमोजिम उनले बुधबार राजीनामा दिएका थिए । 

सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ । स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरु सवै राजापाक्षेको पार्टीबाट हुने भएका छन् । 

युनाइडेट नेस्नल पार्टी (युडीपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन् । 

आइतबार निर्वाचित राष्ट्रपति राजापाक्षेले सोमबार सपथ ग्रहण गरेका थिए । राजापाक्षे परिवारबाट राष्ट्रपति बन्ने उनी दोस्रो व्यक्ति हुन् ।

यसअघि उनको परिवारबाट उनका दाई महिन्दा राजापाक्षे राष्ट्रपति बनेका थिए । उनले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्कामा राष्ट्रपतिको रुपमा देशको नेतृत्व गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै