• २०८१ बैशाख १४ शुक्रबार

सोसियडाडमाथि रियल म्याड्रिडको महत्वपूर्ण जित 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जामा, लुका मोड्रीच र फेडेरिको भालभेर्डेले एक एक गोल गरेका थिए भने सोसीयडाडका लागि एक गोल विलियन जोसेले गरेका थिए ।

यो जी पछि रियल म्याड्रिड १३ खेलमा २८ अंकसहित दोस्रो स्थानमा रहेको छ । १३ खेलमा २८ नै अंक रहेको बार्सिलोना गोल अन्तरका कारण शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै रियल सोसियडाड १४ खेलमा २३ अंकसहित पाँचौ स्थानमा रहेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै