काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ट्वीटको कारण अहिले ट्रोल भइरहेका छन् ।
ट्रम्पले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा एउटा फोटो शेयर गरेका छन्, जसमा उनले बक्सर रकी बाल्बोआको तस्वीरमा आफ्नो अनुहार राखेका छन्।
बक्सर रकी बाल्बोआको फोटोसप गरिएको तस्वीर ट्वीटमा ट्रम्पले केहि क्याप्सन राखेका छैनन्। उक्त तस्वीर फिल्म रकी थर्डको नायक सिल्वेस्टर स्टेलोनको हो र उनि फिल्ममा बक्सर रकी बाल्बोआ बनेका छन् ।
यो फिल्म सन् १९८२ मा रिलीज भएको थियो र यसले हलीवुडमा धूम मचाएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्प आजकल वेस्ट पाम बिच गल्फ क्लबमा आफ्नो नजीकको साथीहरुसंग गल्फ खेल्न जाने गर्छन् । जहा गल्फ कार्टको पैसा नतिरेको कुराले पनि विवाद भईरहेको छ ।