ललितपुर । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि झम्सिखेल युथ क्लबको आयोजनामा आउँदो शनिबार ‘चौथो झम्सिखेल सडक महोत्सव–२०७६’ हुने भएको छ।
झम्सिखेल क्षेत्रमा थप पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको क्लबका प्रवक्ता कौशल घिमिरेले जानकारी दिए।
महोत्सवको उद्घाटन गृहमन्त्री रामबहादुर थापाबाट हुने तय भएको छ।
महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनाका साथै सांस्कृतिक कार्यक्रमका अतिरिक्त विभिन्न प्रकारका स्टल राखिने आयोजनकले जनाएको छ।
यसअघि विसं २०६४, २०६८ र २०७३ मा यस प्रकारको महोत्सव गरिएको थियो।