• २०८१ बैशाख १६ आइतबार

पोखरा सडक महोत्सवको पूर्वसन्ध्यामा भेट्रान्स टेनिस

kharibot

प्रतिनिधी तस्वीर

गण्डकी । पोखरा सडक महोत्सवको पूर्वाद्र्धमा रेवान पोखराद्वारा आयोजित भेट्रान्स टेनिस प्रतियोगितामा एकलतर्फको उपाधि विकास गुरुङले तथा डबल्सतर्फको उपाधि नवीन जोडीले जितेको छ । 

पर्यटकीय क्षेत्र लेकसाइडको गुरुङ भिलेज टेनिस कोर्टमा सम्पन्न फाइनल खेलमा विकासले कर्ण तामाङलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गरे । डबल्सतर्फ नवीन श्रेष्ठ र नवीन चालिसेको जोडीले विकास गुरुङ र सूर्य भुजेलको जोडीमाथि ३–६, ६–३ र सुपरटाइमा १०–८ को कठीन नतीजा निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्यो ।

प्रतियोगितामा एकलतर्फको विजेता तथा उपविजेता खेलाडीले रु १० हजार र पाँच हजारसहित ट्रफी र डबल्सतर्फका विजेता तथा उपविजेता खेलाडीलाई रु सात हजार र चार हजारसहित ट्रफीले पुरस्कृत गरिएको थियो । नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै खेलकूदको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष दोर्जे लामा, प्रतियोगिता संयोजक लोक गुरुङलगायतले टेनिस खेलको विकासका लागि प्रतियोगिता महत्वपूर्ण भूमिका खेल्ने बताए । रेवान पोखराका उपाध्यक्ष नरेश भट्टराईले बुधबारदेखि पोखरामा शुरु हुन लागेको २२ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै महोत्सव सफल बनाउन सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

स्वास्थ्य मापदण्ड अपनाएर महोत्सव

रेष्टुराँ तथा बार एशोसिएशन (रेवान) पोखराले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डको पालना गरेर सडक महोत्सव गर्ने जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्ने भएको हो ।

यही पुस १५ देखि १७ गतेसम्म हुने महोत्सवमा सहभागी हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न २२ औँ पोखरा सडक महोत्सव स्वास्थ्य संयोजक भीष्मराज पौडेलले अनुरोध गरेका छन् । महोत्सवमा आउँदा मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गरी कार्यक्रम हेर्न र बेलाबेलामा साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न उहाँले सम्पूर्ण दर्शकलाई आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय