• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री ओलीको उपचार खर्च साढे दुई लाख 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।

सेन्टरमा प्रधानमन्त्री ओलीलाई १० दिन आईसीयूमा राखिएको थियो । यहाँ आईसीयू बेडको एक दिनको शुल्क १२ सय ५० रुपैयाँ रहेको सेन्टरले जानकारी दिएको छ ।

डा. श्रेष्ठले भने, ‘हामीले एकमुस्ट रकम हिसाब गरेर यो खर्च निकालेका हौं । उहाँलाई सामान्य नागरिकसरहकै शुल्क लिइएको हो ।’ १० दिनअघि एपेण्डिसाइटिसको अप्रेसन गरेका ओली विहिबार अपराहन्न डिस्चार्ज भएर बालुवाटार गएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै