• २०८१ बैशाख २९ शनिबार

भारतमा डाक्टरको बलात्कारपछि हत्या गर्ने चार अभियुक्त इन्काउन्टरमा मारिए

kharibot

नयाँ दिल्ली । भारतको हैदरावादमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा आगो लगाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरी हिरासतमा रहेका चार जना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ ।

समाचारमा जनाइएअनुसार यो इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो । भारतीय प्रहरीलाई उदृत गर्दै समाचारमा भनिएको छ, 'शुक्रबार बिहान ३ बजे चारै जनाको मुठभेडमा मृत्यु भएको हो । चारैजनालाई बुधबार प्रहरी हिरासतमा राखिएको थियो ।'

२७ नभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकहरुले शरीर जलाइदिएका थिए । प्रहरीको अनुसन्धानको आरोपीहरुलाई क्राइम सिन रिक्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेका थिए । अनुसन्धानबीच चारैजना आरोपीहरुले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको जनाइएको हो ।

प्रहरीले घटना लगत्तै चार आरोपीलाई पक्राउ गरको थियो । अदालतले उनीहरुलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो । डाक्टरको बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भइरहेको छ ।

घर फर्किरहेकी डाक्टर स्कुटर पञ्चर भएपछि एउटा टोल प्लाजामा बसिरहेका बेला ट्रक डाइभर र किल्नर रहेका आरोपीहरुले महिलाको सामूहिक बलात्कार गरी शरीर जलाएर फ्लाई ओभरको तल फालिदिएका थिए । आरोपीहरु मोहम्मद आरिफ, शिवा, नवीन, केशवुलू २० देखि २६ वर्ष उमेरका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय