• २०८१ बैशाख १६ आइतबार

प्रचण्ड र देउवाबीच भेटवार्ता 

kharibot

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् ।

प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष बनेपछि देउवासँग भेट गरेका हुन् । भेटमा काँग्रेस नेता रमेश लेखकसमेत उपस्थित रहेको बताइएको छ ।

करिब आधा घण्टा भएको भेटवार्तामा दुवै नेताबीच राष्ट्रिय मुद्धामा सहकार्य गरेर अगाडी बढ्ने विषयमा छलफल भएको बताइएको छ । अहिले सरकार र प्रतिपक्षी दलबीच संक्रमणकालीन न्यायासम्बन्धी मुद्दा निरूपणका विषयमा विवाद रहेको छ । प्रचण्ड र देउवाको यस भेटलाई सोहि विवाद अन्त्य गर्ने पहलस्वरुपको भेटघाटका रुपमा लिइएको छ ।

अहिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन कसरी गर्ने, नेतृत्व कसले लिने र कसलाई ल्याउने भन्ने विषयमा अझै ठोस निर्णय हुन् सकेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै