काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले माल्लोर्कामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना माल्लोर्कालाई ५-२ गोल अन्तरले पराजित गरेको छ ।
बार्सिलोनाको जितमा लियोनेल मेसीले अर्को ह्याट्रिक गरेका छन् । त्यस्तै लुइस स्वरेज र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए । त्यस्तै एन्टे बुडिमिरले दुवै गोल गरेका थिए ।
योसँगै मेसीले ला लिगामा क्रिस्टियानो रोनाल्डोको ३४ ह्याट्रिकलाई उछिन्दै ३५ ह्याट्रिक बनाएर नयाँ किर्तिमान बनाएका छन् ।
त्यस्तै यस खेलमा लुइस स्वरेजले ला लिगामा खेलेका सबै २८ प्रतिद्वन्दीविरुद्ध गोल गरेका छन् । स्वरेजले २८ प्रतिद्वन्दीविरुद्ध १३९ गोल गरेका छन् ।
योजितसँगै बार्सिलोना फेरी शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १५ खेलमा ३४ अंक रहेको छ भने ३४ अंकनै रहेको रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ ।
बार्सिलोनाले अब च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँग खेल्ने छ ।