• २०८१ बैशाख १५ शनिबार

म्यानचेस्टर डर्बीमा युनाइटेडको महत्वपूर्ण जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको छ । 

युनाइटेडको जितमा मार्कोस राशफोर्ड र एन्टोनी मार्सियलले एक एक गोल गरेका थिए । सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि निकोलस ओटामेंडीले एक गोल फर्काएका थिए । 

योजितसँगै म्यानचेस्टर युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेड १६ खेलमा २४ अंक रहेको छ । त्यस्तै सिटी भने १६ खेलमा ३२ अंक रहेको छ भने लिगको तेस्रो स्थानमा रहेको छ । 

लिगमा लिभरपुल ४६ अंकसहित शिर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा लेस्टर सिटी १५ खेलमा ३५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै