• २०८१ बैशाख १७ सोमबार

पुरुष बास्केटबलमा नेपालले बंगलादेशलाई पराजित गर्दै काश्य जित्यो 

kharibot

काठमाडौँ । १३औ दक्षिण एशियाली खेलकुद (साग) को अन्तिम दिन आज नेपालले पुरुष बास्केटबलमा बंगलादेशलाई पराजित गर्दै काश्य पदक जितेको छ ।

तेश्रो स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशलाई ८१–५९ को फराकिलो अन्तरले पराजित गर्दै काश्य पदक सुनिस्चित गरेको हो ।

समुह ए को लिग खेलमा बंगलादेशसँग पराजित भएको नेपालले सो हारको बदला समेत लिएको छ । नेपालको जितमा असिम श्रेष्ठले सर्वाधिक १९ अंक जोडे भने बिजय बुर्जाले १६ अंक जोडेका थिए । यस्तै कप्तान सदिश प्रधानले १५, आयुष सिँहले १३ र सौरभ श्रेष्ठले ११ अंकको योगदान दिए  ।

योसँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा बास्केटलतर्फ चारवटै बिधामा पदक जित्न सफल भएको छ । यस अघि नेपाली पुरुष टोलीले थ्रि अन थ्रि बास्केटबलमा रजत र महिला थ्रि अन थ्रिमा काश्य जितेको थियो । 

अब आज नै नेपालले महिला बास्केटबलमा स्वर्ण पदकका लागि भारतको सामना गर्दै छ । नेपाल पहिलो पटक बास्केटबलको फाइनलमा पुगेको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै