• २०८१ बैशाख १५ शनिबार

नेप्से सकारात्मक : कारोवार रकम आधा अर्ब पुग्यो

kharibot

काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलबार पनि नेप्सेमा सुधार देखिएको छ । नेप्से आज दुई दसमलव ४८ अंकले बढेर ११ सय ५१ दसमलव ३६ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ३३ अंकले बढेर दुई सय ५३ दसमलव ५० बिन्दुमा चढेको छ ।

एक सय ७० कम्पनीहरुको सात हजार चार वटा कारोवारमा १६ लाख ८१ हजार आठ सय २८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५० करोड तीन लाख २८ हजार नौ सय १५ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक घटेर आठ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव नौ अंकले बढेर एक हजार ४१ दसमलव ८८ बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि एक दसमलव ९२ अंकले बढेर १५ सय ६९ दसमलव ५० बिन्दुमा चढेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि नौ दसमलव १४ अंकले बढेर पाँच हजार चार सय ३६ दसमलव ५७ बिन्दुमा चढेको छ । लघुबित्त, ट्रेडिङ, फाईनान्स, र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । जलबिद्युत समुहको सुचक भने आज चार दसमलव ५२ अंकले घटेर नौ सय ४१ दसमलव छ बिन्दुमा झरेको छ । यसैगरी जीवन बीमा, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नयाँ नेपाल लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९१ पैसाले बढेर पाँच सय ८८ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको अरुण कावेली जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ नौ पैसाले घटेर एक सय १७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको माछापुछ्रे  बैंकको प्रतिकित्ता दुई सय २० रुपैयाँ अन्तिम मुल्यमा सात करोड ५३ लाख २७ हजार नौ सय २० रुपैयाँको कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै