• २०८१ बैशाख १५ शनिबार

हिमालय एयरलायन्सले हप्तामा दुई पटक क्वालालम्पुर उडान गर्ने 

kharibot

काठमाडौँ । हिमालय एयरलायन्सले धेरै प्रतिक्षा गरिएको मलेसियास्थित क्वालालम्पुर उडान यही मंसिर २३ गतेदेखि सुरु गरेको छ । एअरलाइन्सले क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान सन् २०१७ को फेबु्रअरी १० बाट सुरु गरेको थियो ।

वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एअरलाइन्सको मलेसियाको उडान स्थगित भएको थियो  । भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्स्ले क्वालालम्पुरको उडान पुनर्संचालन गर्दैं मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षित गर्न र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यो नयाँ उडानसँगै यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने र नेपाली वायुसेवा सञ्जाललाई एसिया प्रशान्त क्षेत्रमा अझै मजबुत बनाउदै लैजानमा विश्वास एयरलायन्सले राखेको छ । प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकहरु आकर्षण गर्ने क्वालालम्पुर नेपालीहरुले पनि लोकप्रिय गन्तव्य हो ।     

हिमालय एअरलाइन्स्को पुनःआरम्भ उडान एच९ ८९० कुल १५० यात्रुसहित नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०१९ डिसेम्बर ९ मा स्थानीय  समय २१:३५ मा  क्वालालम्पुरको लागि उडेको थियो र क्वालालम्पुरस्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ डिसेम्बर १० मा स्थानीय समय ४:१८ मा अवतरण गरेको थियो । हिमालय एयरलाइन्स्को आवागमन उडान एच९ ८९१ कुल ८२ यात्रुसहित क्वालालम्पुर विमानस्थलबाट सोही दिन स्थानीय समय ५:२१ मा उडेको थियो र नेपालको त्रिभुवन विमानस्थलमा स्थानीय समय ७:४६ मा अवतरण गरेको थियो ।

    

'हामी क्वालालम्पुर र काठमाडौंबीचको सिधा उडान पुनर्संचालन गर्न पाउ“दा एकदमै हर्षित भएका छौं । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुहरुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । साथै, यो उडानले दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ । दुवै बजारबाट यस उडानका लागि ठूलो मांग भइरहेको छ र दुई देशको सरकारबीच भएको सम्झौताले यात्रुको संख्या पनि बढ्ने देखिन्छ । यो सञ्जालले मलेसियामा काम गर्नै ठूलो संख्यामा रहेका नेपालीहरुलाई मात्र सेवा प्रदान नगरी नेपाल भित्रिने मलय पर्यटकहरु वृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । हाम्रा याुत्रहरुलाई नेपाली सत्कारसहित सहज, सुलभ र सिधा उडानको सेवा उपलब्ध गराउने आशा गर्दछौं । यो पुनः आरम्भ गरिएको उडान पर्यटन वर्ष २०२० मा अन्तर्राष्ट्रिय आवागमन लक्ष्यप्रति हिमालय एयरलाइन्स्को गहन प्रतिबद्धताको लागि अर्काे एउटा प्रयास हो ।' प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले बताए । 

साप्ताहिक दुई दिने उडान तालिका उपयुक्त समयमा रहेको छ । साथै, दुवै रुटमा बिजनेश क्लासका लागि ४० किलो र इकोनामी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क उपलब्ध गराइएको छ । समय तालिका अनुरुपकै समयमै उडान भर्न निश्चित गर्ने उद्देश्य सहित निम्न बमोजिमको उडान तालिका सार्वजनिक गरिएको छ । 

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दो सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ । 

एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एअरलाइन्स्ले तीन बर्षको छोटो अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र आठवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एयरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी,  बंगलादेशको ढाका र चीनको बेइजिङ्गलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालय एयरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका, क्वाला लम्पुर, बेइजिङ्ग, गुइयाडं र चाडंसा मा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एक मात्र एयरलाइन्स हिमालय एयरलाइन्स हो र हाल चीनमा उडान भर्ने एक मात्र नेपाली एयरलाइन्स हो । 

८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउ“दै आएका छन् । साथै निकट भविष्यमा नै ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एअरलाइन्स्ले २०२० सम्म तिन ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ । चीनस“ग सञ्जाल विकास गर्ने विचार गरी एयरलाइन्स्ले क्रम्शैस् चोङकिङ, शेन्जेङ्ग, नाङचाङ, शाङघाई र त्यस पस्चात अलि र ल्हासामा विस्तार गर्नेछ । 

व्यावसायिक रुपमा काम सुरु गरेको एक बर्षमै हिमालय एयरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स् इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै