• २०८१ बैशाख १७ सोमबार

च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडसँग खेल्न चाहन्छु – रोनाल्डो 

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडसँग खेल्न चाहेको बताएका छन् ।

रियल म्याड्रिडमा ९ बर्ष खेलेका रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा फाइनलमा आफु रियलविरुद्ध खेल्न चाहेको बताएका हुन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टस पुगेपछि बोल्दै रोनाल्डोले आफु आफ्नो इन्जुरीको समस्याबाट बाहिर आएको बताएका छन् ।

अब अन्तिम १६ को ड्र मा युभेन्टस र रियल एक अर्काविरुद्ध पर्ने सम्भावना देखिएको बेला रोनाल्डोले यस्तो प्रतिक्रिया दिएका हुन् । युभेन्टस अब अन्तिम १६ मा टोटनह्याम, रियल म्याड्रिड, चेल्सी, लियोन, डोर्टमण्ड र एटलेटिको म्याड्रिड मध्ये एक टिमसँग पर्ने देखिएको छ ।

स्काई इटालीयासँग बोल्दै रोनाल्डोले रियल म्याड्रिड उत्कृष्ट टिम रहेको बताउदै रियलविरुद्ध उत्कृष्ट १६ मा भन्दा अलि पछि फेस गर्न चाहेको बताएका छन् ।

रोनाल्डोले आफ्नो इन्जुरिको बारेमा बोल्दै भने,'मैले अहिले राम्रो अनुभव गरिरहेको छु । करिब चार साता इन्जुरिका बीच पनि खेले तर अहिले ठिक छु ।'

अहिले युभेन्टसमा आफु दुई अर्जेन्टिनी खेलाडी डिबाला र हुगेनसँग रमाइलो गरिरहेको बताउदै भने दुवै उत्कृष्ट खेलाडी रहेको बताए ।

च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र डिसेम्बर १६ मा हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै