• २०८१ बैशाख १५ शनिबार

बिमलसहित चार फुटबल खेलाडीलाई एन्फाको प्रतिबन्ध र जरिवाना

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमका ४ खेलाडीलाई अनुशासनको कारवाही गरेको छ । चारै जनामाथि अनुशासन हिन काम गरेको भन्दै एन्फाको अनुशासन समितिले जरिवानासहित ९० दिन र ४५ दिनको प्रतिबन्ध लगाएको छ ।

एन्फाले विमल घर्ति मगर र दिनेश राजबंशीलाई डिसेम्बर १३ देखि लागु हुनेगरी ९० दिनका लागि प्रतिबन्ध लगाएको छ भने अन्जन विष्ट र सन्तोष तामाङलाई डिसेम्बर १३ देखि नै लागु हुने गरि ४५ दिनका लागि प्रतिबन्ध लगाएको छ । साथै एन्फाले चारै जना खेलाडीलाई ५० हजारको जरिवाना समेत गरेको छ ।     

गत कार्तिक ३० गते एन्फाले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई अनुशासनको कारवाही गर्दै भुटानमा हुने कुवेतविरुद्धको खेल खेल्ने टिमबाट हटाएको थियो ।

चारै जना खेलाडीहरु मादकपदार्थ सेवन गरेको र गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लब/डिस्कोमा पाइएपछि एन्फाले कारबाही गर्दै भुटानमा भएको कुवेतविरुद्धको विश्वकप छनौटको खेल खेल्न लागेको थिएन ।

अब एन्फाको यो कारवाहीपछि चारै खेलाडीले शनिबारदेखि शुरु हुने ए डिभिजन लिगका शुरुवातका खेलहरु गुमाउने भएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै