• २०८१ बैशाख १५ शनिबार

उद्घाटन खेलमा मछिन्द्रको विजयी शुरुवात 

kharibot

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबको विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको उद्घाटन खेलमा ब्रिगेड ब्वायजलाई २ ० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले विजयी शुरुवात गरेको छ ।

राष्ट्रिय टिमका खेलाडीसहित मैदान उत्रिएको मछिन्द्र क्लबका लागि योगेश गुरुङ र दिपक राईले एक एक गोल गरेका थिए । 

खेलको ३०औं मिनेटमा योगेश गुरुङको हेड गोलबाट अग्रता दिलाएका थिए भने खेलको ५०औं मिनेटमा दिपकले गोल गर्दै मछिन्द्रलाई २-० को जित दिलाए । 

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको ब्रिगेडले दोस्रो हाफमा केहि उत्कृष्ट अवसर खेर फालेका थिए । ७६औं मिनेटमा कप्तान अनिल गुरुङले प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।

खेलमा म्यान अफ दि म्याच मछिन्द्रका विशाल राई भएका थिए । जितसँगै मछिन्द्रले पहिलो खेलमा ३ अंक जोडेको छ । तर, गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेको कारण मछिन्द्रले २ अंक मात्र पाएको छ । एन्फाले गत सिजन रेलिगेसनबिनाको लिग गरेको थियो । तर, अन्तिम दुई स्थानमा रहेको टिमको एक र दुई अंक घटाउने निर्णय गरेको थियो ।

अब लिग अन्तर्गत आइतबार संकट क्लब र च्यासल क्लबबीच साढे १२ बजे खेल हुने छ भने दोस्रो खेल त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लबबीच हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय