• २०८१ बैशाख १६ आइतबार

जाडोमा बाक्लो लुगा मात्रै होइन यी खानेकुरा पनि खानुस् !

kharibot

काठमाडौं । खानपानमा मात्रै सामान्य ध्यान दिए पनि चिसोबाट बच्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । जाडोमा मानिसहरु धेरै नै अल्छी हुनपुग्छन् । अझ तपाईं बाक्लो लुगा लगाएर जाडो काट्ने सोच्नुहुन्छ । तर केवल लगाइमा ध्यान दिएर मात्रै जाडोबाट बच्न सकिँदेन । यसबाहेक खानपानमा पनि उत्तिकै ध्यान दिन जरुरी हुन्छ । 

खानपानले पनि तपाईंको शरीरले जाडो महसुस गर्नुपर्दैन तर त्यसका लागि ससानै कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । निम्नलिखित खानेकुराहरु जसले जाडोमा तपाईंको शरीरमा तापक्रम बढाउँछ :

दालचिनी : दालचिनीले शरीरभित्रको चिसोलाई कम गर्छ र शरीरमा तापक्रम बढाउन्छ । यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ । 

कालो मरिच : कालो मरिच पनि जाडोमा आवश्यक खानेकुरा हो । यसलाई सुप वा चियामा राखेर खानुपर्छ । यसको प्रयोगले रुघाखोकी निको हुन्छ र लाग्न पनि दिँदैन । 

लसुन र मेथी : लसुन एण्टीबायोटीक भएकले रुघा खोकी निको पार्ने औषधिकै रुपमा प्रयोग गरिन्छ । जाडोमा लसुनको अचार बनाएर सकिन्छ । यसलाई तरकारीमा पनि राख्ने गरिन्छ । मेथीको लड्डु पनि स्वास्थ्यका लागि फाइदा गर्दछ । 

मह : मह पनि औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । महको प्रयोग जुनसुकै मौसममा खादापनि स्वास्थ्यलाई फाइदा नै गर्छ तर जाडोमा यसले पाचन प्रणालीलाई तन्दुरुस्त राख्दछ भने रोगप्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ । 

अन्डा : प्रोटिन, क्याल्सियम  ओमेगा र फ्याट्री एसिडबाट अण्डा जाडो याममा जाडो काट्ने उपयुक्त विकल्प हो । 

अदुवा : अदुवाको दैनिक प्रयोगले तपाई कलेस्ट्रोल सधै नियन्त्रणमा राख्न सक्छ । जाडोमा अदुवाको पातलो गरेका काट्नुस् र पानीमा ५ मिनेट उमाल्नुस् त्यसपछि पानीलाई छानेर यसमा निमु र मह मिलाएर पिउनुस् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै