काठमाडौँ । जर्मनीको लिग बुण्डेसलिगामा बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा बायर्नले वेरडेर ब्रेमेनलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा फिलिप कोटिन्होले ह्याट्रिक गरेका छन् । त्यस्तै रोबेर्ट लेवानडोस्कीले २ गोल गरे भने थोमस मुलरले एक गोल गरेका थिए । त्यस्तै वेरडेरका लागि एक गोल मिलोट राशीकाले गरेका थिए ।
जर्मनी लिगमा लगातार दुईखेलमा हार बेहोरेपछि तेस्रो खेलमा बायर्नले जित हासिल गरेको छ ।
यो जितपछि बायर्न लिगको चौथो स्थानमा उक्लिएको छ । बायर्नको १५ खेलमा २७ अंक भएको छ । त्यस्तै वेरडेरको भने १५ खेलमा १४ अंक छ भने लिगको १५औ स्थानमा रहेको छ ।