काठमाडौँ । स्पेनिस ला लिगामा शिर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोना रियल सोसियडाडसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
बार्सिलोनाका लागि एन्टोनी ग्रीजम्यान र लुइस स्वरेजले एक एक गोल गरेका थिए भने सोसियडाडका लागि माइकल ओयाजबाल र अलेक्जेन्डर इसाकले एक एक गोल गरेका थिए ।
यो बराबरीको फाइदा रियल म्याड्रिडलाई हुने देखिएको छ । बराबरीपछि बार्सिलोनाको १६ खेलमा ३५ अंक रहेको छ भने एक खेल कम खेलेको रियल म्याड्रिडको १५ खेलमा ३४ अंक रहेको छ । रियलले अब आइतबार राति भलेन्सियासँगको खेल जितेमा लिगको शिर्ष स्थानमा आउने अवसर पाएको छ ।
त्यस्तै रियल सोसीयडाड भने १७ खेलमा २८ अंक रहेको छ भने लिगको चौथो स्थानमा रहेको छ ।