• २०८१ बैशाख १६ आइतबार

बसले छात्रालाई ठक्कर दिएपछि चावहिलमा विद्यार्थीहरुले बस जलाए 

kharibot

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा बसको ठक्करबाट एक छात्रा घाइते भएकी छिन् । सोमबार बिहान बा ४ ख ५९२० नम्बरको बसले पैदल हिंडिरहेकी धुम्बाराही बस्ने गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई ठक्कर दिएको हो ।

सहपाठीलाई ठक्कर दिएर बस भागेपछि आक्रोसित पशुपति क्याम्पसका विद्यार्थीले चावहिलमा बा ४ ख ७१०१ नम्बरको बस आगजनी र तोडफोड गरेका छन् । बसमा लागेको आगो दमकलको सहायताले निभाउने प्रयास भएपनि बस जलेर पूर्णरुपमा क्षति पुगेको छ । 

घाइते पन्तको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको सिंहले बताए । विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेर प्रदर्शन गरेका छन्। केहि समय अवरुद्ध सडक अहिले खुलाएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै