• २०८१ बैशाख १८ मंगलबार

नेकपाको निर्णय : प्रदेश ३ को नाम बागमती, राजधानी हेटौडा 

kharibot

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती राख्ने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को संसदीय दल र प्रदेश कमिटीलाई प्रदेशको नाम बागमती राख्न र राजधानी हेटौडा नै हुनेगरी निर्णय गर्न निर्देशन दिएको हो ।

प्रदेश ३ मा नेकपासँग स्पष्ट दुई तिहाइ बहुमत रहेकाले अब प्रदेशको नाम र राजधानीको टुंगो लाग्ने भएको छ ।

प्रदेश सभा गठन भएको २ वर्ष पुग्न लाग्दा समेत प्रदेश ३ ले नाम र राजधानीको टुंगो लगाउन सकेको थिएन ।

त्यस्तै आजको बैठकमा सभामुखको नयाँ उम्मेदवारबारे भने कुनै निर्णय नभएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै